मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश

जलेश्वर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उपनिर्वाचनको प्रसार प्रसारका दौरान मधेस प्रदेशमा घरदैलो गर्दै हिँडेका छन् । महामन्त्री शर्मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जनिफ खानसँग घरदैलोमा हिँडेका हुन् । महामन्त्री शर्माले नेपाली कांग्रेस आमजनताको विश्वास जितेको पार्टी भएकाले रामगोपालपुर-२ का जनतालाई वडाको उपनिर्वाचनमा कांग्रेसलाई चुन्न आग्रह गरे ।
उनले तराई, पहाड, हिमाल सबै स्थानमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकसाथ लिएर बढ्ने, सबैको सहभागिता गराउने र सबैलाई अवसर दिने एक मात्र पार्टी नेपाली कांग्रेस रहेको भन्दै आफ्नो स्थान र अधिकार सुरक्षित गर्नका निम्ति कांग्रेस उम्मेदवारलाई चुन्न आग्रह गरेका हुन् ।
रामगोपालपुर– २ को वडाध्यक्ष पदमा राजनीतिक दलका सात र ११ स्वतन्त्रसहित १८ जना चुनावी प्रतिस्पर्धामा छन् । जहाँ दुई हजार एक सय ४१ जना मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय