दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
शनिबार, ०८ मङ्सिर २०८१, ०१ : २७
एजेन्सी । इजरायलले दक्षिणी लेबनान र बेरुत उपनगरमा एकसाथ बमबारी गरेको खबर छ । जुन आक्रमणमा कम्तिमा पनि ५ जना चिकित्सक मारिएको र बहुउद्देश्यीय भवन ढलेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानमा इस्लामिक स्वास्थ्य संगठनका पाँच स्वास्थ्यकर्मी मारिएका हुन् । दक्षिणी क्षेत्रमा स्थल सेनाले हिज्बुल्लाह लडाकुसँग भिडन्त गरेको हो ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले इजरायली युद्धक विमानले शुक्रबार बेरुतको दक्षिणी उपनगरभित्र दुई भवनलाई निशाना बनाएर आक्रमण गरेका थिए । त्यसरी प्रहार गरिएका मिसाइलमध्ये एक व्यस्त सडकमा भएको भवन तथा अर्को अपार्टमेन्टकोबिचमा खसेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना