राजनीति
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
शुक्रबार, ०७ मङ्सिर २०८१, २० : ५९
![एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता](https://npcdn.ratopati.com/media/news/kp-oli_aRfynUVTH3.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकन खर्बपति व्यापारी तथा टेस्ला, एक्स जस्ता कम्पनीका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन् ।
उनले शुक्रबार मस्कसँग कुराकानी गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
विशेषगरी मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने चासो देखाएको छ । यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटेर कम्पनीकी निर्देशक रेबेका हन्टरले नेपालमा काम गर्न इच्छुक रहेको बताएकी थिइन् ।
स्टारलिंकले विश्वका धेरै मुलुकमा सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउँदै आएको छ । यही क्रममा नेपालमा पनि लगानी गर्न कम्पनी इच्छुक रहेको भनिएकै बेला प्रधानमन्त्रीले मस्कसँग वार्ता गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको निर्णय नेपाल चिकित्सक संघद्वारा स्वागत, आवासीय चिकित्सकको तलब ४८ हजार
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
-
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : उपप्रधानमन्त्री सिंह
-
सातामा ४२ अंकले बढ्यो नेप्से, कारोबार रकममा तीव्र उतारचढाव