समाचार
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
शुक्रबार, ०७ मङ्सिर २०८१, २० : ३१

काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताले दरबारमार्ग क्षेत्रमा गरेको फोहोर काठमाडौँ महानगरपालिकाले सफा गरिरहेको छ । महानगरपालिकाको सफाइ कर्मचारीले कार्यक्रम सकिएसँगै सफाइ गरिरहेको हो ।
कार्यक्रम सकिएसँगै सडक पेटीका साथै सडकमा पनि यत्रतत्र छरिएको पानीको बोतल, चाउचाउको खोललगायतका फोहोर जम्मा गरिरहेका हुन् । सफाइको काम राति अबेरसम्म जारी रहेको महानगरपालिकाका एक कर्मचारीले बताए ।
जागरणको नाममा एमालेले दरबारमार्गमा शुक्रबार कार्यक्रम गरेको थियो । यसैबिच महानगरपालिकाले फोहोर गरेको भन्दै एमालेलाई जरिवाना गरेको छ ।
काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षरमा एमाले पार्टी कार्यालयका नाममा प्रेषित पत्रमा फोहोर गरेर वातावरण प्रदूषण समेत गरेकाले जरिवाना गरिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर
-
रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान
-
बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान
-
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा