गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी

गोरखा । मध्यपहाडी राजमार्गअन्तर्गत गोरखामा पर्ने २३ किलोमिटर सडकखण्ड कालोपत्रको काम अझै बाँकी रहेको छ । जिल्लाभित्र पर्ने ६३ दशमलव ३७ किलोमिटर सडकमध्ये हालसम्म ४० दशमलव तीन किलोमिटरमात्र कालोपत्रको काम सम्पन्न भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पालुङटारका इन्जिनियर विदुर सुवेदीले जानकारी दिए ।
उनकाअनुसार गोरखामा यस सडकलाई पाँच खण्डमा छुट्याएर निर्माणको काम सुरु भएको थियो । जसमा दुईवटा खण्डको काम भने अझै अलपत्र छ । यहाँको भीमेसन थापा गाउँपालिकाको ओख्ले–निवेल खण्डमा पर्ने १६ दशमलव ८७ किलोमिटर सडकमध्ये छ दशमलव ८७ किलोमिटर सडक कालोपत्रको काम बाँकी छ । उक्त खण्डमा १० किलोमिटर सडक गत आर्थिक वर्षमा कालोपत्र भएको थियो । बाँकी काम आगामी पुस पहिलो साताभित्र निर्माण सम्पन्न गर्नेगरी छैटौँ ठेकेदार कम्पनीलाई म्याद गरिएको छ । विसं २०७२ माघमा ठेक्का सम्झौता भएर काम सुरु भएको सो खण्डको भौतिक प्रगति ७५ प्रतिशत रहेको इन्जिनियर सुवेदीले जानकारी दिए ।
यस्तै मसानेठाँटी–ठाँटीपोखरी खण्डको १५ दशमलव ७० किलोमिटर सडक कालोपत्रको काम पनि अझै अलपत्र छ । उक्त खण्डको भौतिक प्रगति ३५ प्रतिशतमात्र छ । “ठेकेदारको ढिलासुस्तीले उक्त खण्डको कामले गति पाउन सकेको छैन, यहाँ आगामी चैतभित्र काम सम्पन्न गर्नेगरी दोस्रोपटक म्याद थप भएको छ”, उनले भने ।
मसानेठाँटी–ठाँटीपोखरी खण्ड सडक कालोपत्रको ठेक्का हिन्दुङ प्यासिफिक जेभीले पाएको थियो । विसं २०७७ असारमा आयोजना कार्यालयसँग ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो । आरुघाट–ओख्ले खण्डअन्तर्गत पर्ने १३ किलोमिटरमध्ये १२ दशमलव पाँच किमी भने कालोपत्र भइसकेको छ ।
बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने उक्त खण्डको पाँच सय मिटर सडक कालोपत्रको काम भने रोकिएको छ । यस्तै निवेलबाट मसाने ठाँटीसम्मको १२ दशमलव ३० किलोमिटर र ठाँटीपोखरीबाट चेपेसम्मको पाँच दशमलव पाँच किलोमिटर सडकखण्ड कालोपत्रको काम पनि सकिएको इन्जिनियर सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीमा देखिएका समस्या र समाधान
-
सबै सहकारीलाई एकै डालोमा हालेर तुलना गर्न मिल्दैन : टीकाराम पोख्रेल
-
नेपाली सेनामा भर्ना खुल्यो, ८ पास गरेकाले आवेदन दिन सक्ने (सूचनासहित)
-
शुक्रबार कस्तो छ काठमाडौँको वायु प्रदूषणको अवस्था ?
-
गण्डकीको विकासमा समस्या: समितिले निर्णय गर्छ, कार्यान्वयन कसले गर्छ ?
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री