शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत

शुक्रबार, ०७ मङ्सिर २०८१, १९ : ३३
शुक्रबार, ०७ मङ्सिर २०८१

अजरबैजान । नेपाल अल्पविकसित राष्ट्रहरूको समूह (एलडिसी)को तर्फबाट जलवायु अनुकूलन कोषको सदस्यको रूपमा पुनः मनोनयन भएको छ ।

अजरबैजानको बाकुमा जारी जलवायु सम्मेलनको क्रममा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको व्यवस्थाअनुसार अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा मनोनीत भएका हुन् । बोर्ड सदस्यको लागि शर्मालाई नेपाल सरकारले प्रस्ताव गरेको थियो । एलडिसी समूहले शर्मालाई सन् २०२५/२०२६ का लागि बोर्ड सदस्यको रूपमा मनोनयन गरेको हो । यो मनोनयनपछि नेपाललाई अनुकूलन कोषमा पहुँच बिस्तारका लागि सहज हुने र कार्यक्रम स्वीकृत गरी बजेट ल्याउन सहजीकरण हुने मनोनीत सदस्य शर्माले बताए । 

उनले भने, ‘जलवायु अनुकूलन कोषको बोर्ड सदस्यको रूपमा पुनः कार्य गर्न पाउँदा खुसी लागेको छ । नेपालसहित अन्य ४४ राष्ट्रको अनुकूलन सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न बजेट र कार्यक्रम स्वीकृत गरी कार्यक्रम कार्यान्वयन गर्ने भूमिकामा मैले सहजीकरण गर्नेछु ।’

शर्माले यसअघि पनि सन् २०२२ देखि २०२४ सम्मका लागि बोर्ड सदस्यको रूपमा काम गरिसकेका छन् । अझै पनि जलवायु अनुकूलन कोषको वैकल्पिक सदस्य, आर्टकर्टकल ६ दशमलव ४ को वैकल्पिक सदस्य,स्थानीय समुदाय तथा आदिवासीसँग सम्बन्धित समूहको वैकल्पिक सदस्य, हरित जलवायु कोष सदस्य,प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि समितिको  सदस्य पद रिक्त छ । नेपालले यी पदमा क्षमतावान् व्यक्तिलाई सदस्य बनाउने गरी पहल गर्न आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप