रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

काठमाडौँ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरूमा पुस्तक केन्द्रित रहेको लेखकले जनाएका छन् ।
पुस्तकमा आफ्नै मौलिकतामा देशको विकास निर्माणलाई अघि बढाउनुपर्ने तर्क अघि सारिएको छ । पुस्तकमा भनिएको छ, ‘नेपाली अर्थतन्त्रको विकल्प भनेको मौलिक हिसाबको विकास निर्माण हो । संसारका देशहरूले आ–आफ्ना सबलता, प्रकृतिले दिएका विशिष्ट स्रोत–साधन अनुसार विकासलाई अघि बढाएका छन् । नेपालले पनि एउटा भूपरिवेष्टित, पहाडी एवं हिमाली देश भएको नाताले प्राकृतिक स्रोत–साधन, भौगोलिक परिवेश, मौलिक संस्कार तथा संस्कृति अनुरूप विकासको बाटोमा अघि बढ्नुपर्छ ।’
पुस्तकमा मौलिकताको विषयसँगै वित्तीय क्षेत्र, सहकारी, बिमा, जलविद्युत्, शेयर बजार, पर्यटन जस्ता अर्थतन्त्रका प्राविधिक विषयहरूमाथि केन्द्रित छ । अर्थतन्त्रको विगत, वर्तमान र भविष्यमा केन्द्रित पुस्तकले विश्व अर्थतन्त्रलाई पनि केलाउने प्रयास गरेको छ । अर्थतन्त्रबारे रुचि राख्नेहरूलाई मात्र नभएर पुस्तक लोकसेवा आयोगको तयारी गर्नेहरू तथा सेयर बजारका लगानीकर्ताहरूलाई उपयुक्त हुन सक्नेछ । प्रदर्शनीमार्गस्थित कालिन्चोक पुस्तक पसल वितरक रहेको पुस्तकको मूल्य पाँच सय रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक