पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकार रोयल आचार्यलाई समाचारको विषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
केटिएम भ्वाइसका सम्पादक समेत रहेका आचार्यलाई समाचारको निहुँमा विभिषा पोखरेल भन्ने व्यक्तिले फोन गरेर धम्क्याएको महासङ्घले जनाएको छ । पैसा खाएर विद्यार्थी पास गराएको विषयमा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा केटिएम भ्वाइसमा समाचार प्रकाशित भएको थियो ।
प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरुद्ध रहेको महासङ्घले जनाएको छ ।
प्रेस विरोधी यस्ता घटनाको महासङ्घले कडा शब्दमा निन्दा गर्दै महासङ्घले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर प्रेसको संविधानप्रदत्त अधिकारको सम्मा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
-
जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने