मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
_A0zqJa6NMm.jpg)
काठमाडौँ । सरकारले यही मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएको छ । शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति(गठन) आदेश बमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिई मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाललाई सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ भने स्वीट्जरल्याण्ड सरकारबाट सुरक्षित आप्रवासन चौथो चरण कार्यक्रमका लागि प्राप्त हुने करिब १ अर्ब ७६ करोड ९७ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन वैशाखमा हुने
-
पत्नीसँग खिचेको तस्बिरलाई लिएर जेलेन्स्कीलाई मस्कले किन गरे गाली ?
-
माओवादीद्वारा वित्तीय संघीयताका नाममा अमेरिकाले दिएको अनुदानबारे सरकारको धारणा माग
-
सांसद श्रेष्ठको प्रश्न : सरकारले डाक्टरले दिएको राजीनामा किन स्वीकृत गर्दैन ?
-
ईपीएसमार्फत कोरिया जाने श्रमिकहरूको उडानमा ढिलाइ, के भन्छ ईपीएस शाखा कार्यालय ?
-
माघ महिनामा तीन हजार बढी फरार प्रतिवादी पक्राउ