शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

श्रवण शक्ति कम भएकाहरुको हक अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य

शुक्रबार, ०७ मङ्सिर २०८१, १६ : २९
शुक्रबार, ०७ मङ्सिर २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रवण शक्ति कम भएकाहरुको पहिचान, शिक्षा तथा विकासको लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।  उनले सोही अनुसारको  प्राथमिकतामा राखेर  काम अगाडी बढाइएको समेत बताएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा आज बहिरा महासङ्घका केन्द्रीय प्रतिनिधि मण्डलसँग भएको भेटमा आचार्यले समावेशी शिक्षा र साङ्केतिक भाषालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताए ।  

उनीहरूको हक अधिकार राज्यले सम्बोधन गर्ने र विभिन्न अवसरमा पनि पहुँच वृद्धि गर्न ध्यान दिने आचार्यले बताए। बहिरा महासङ्घका केन्द्रीय अध्यक्ष सन्तोष केसी, लुम्बिनी प्रदेशका अध्यक्ष रिन्कु गुप्ता, जिल्ला अध्यक्ष लगायतको टोलीले मुख्यमन्त्री आचार्य र सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनासँग भेट गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप