रश्मिका मन्दनाले गरेकी हुन् इन्गेजमेन्ट ?

नयाँ दिल्ली । भारतमा ‘नेशनल क्रस’ भनेर चर्चित दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही वर्ष पुरानो यो भिडियोमा रश्मिकाको इन्गेजमेन्ट भइरहेको देखिन्छ ।
वास्तवमा यो भिडियो ८ वर्ष पुरानो हो । भिडियोमा रश्मिकाले दक्षिण भारतीय अभिनेता रक्षित शेट्टीसँग इन्गेजमेन्ट गरेको देखिन्छ । इन्गेजमेन्टपछि दुवैजना आ–आफ्ना औँलाको औँठी देखाइरहेको देखिन्छ ।
‘डेब्यू’ फिल्मका सह–कलाकार थिए रक्षित
रश्मिकाले सन् २०१६ मा रक्षित शेट्टीको अपोजिट कन्नड फिल्म ‘किरिक पार्टी’बाट आफ्नो करियर सुरुआत गरेकी थिइन् । दुवैले फिल्मको सुटिङका क्रममा डेटिङ सुरु गरेका थिए । २०१७ को जुलाई ३ मा दुबैले इन्गेजमेन्ट पनि गरे । इन्गेजमेन्टको समयमा रश्मिका २१ वर्षकी थिइन् भने रक्षित शेट्टी ३४ वर्षका थिए । दुवैको उमेरमा करिब १३ वर्षको अन्तर थियो ।
तर रश्मिका र रक्षितको सम्बन्ध लामो समय टिक्न सकेन । इन्गेजमेन्ट गरेको एक वर्षपछि २०१८ को सेप्टेम्बर उनीहरूले इन्गेजमेन्ट तोडे । सम्बन्ध टुट्नुको कारणबारे दुबैले केही पनि बताएनन् । सम्बन्ध टुटेपनि दुवै एकअर्काको सम्पर्कमा छन् । ‘म र रश्मिका कहिलेकाहीँ एकअर्कालाई म्यासेज गर्छौ । आफ्नो कुनै पनि फिल्म रिलिज हुँदा हामी एक अर्कालाई शुभकामना दिन्छौँ,’ इन्डियन एक्सप्रेससँगको कुराकानीमा रक्षितले एक पटक भनेका थिए ।
पुष्प–२ मा देखिँदैछिन् रश्मिका
कामको कुरा गर्ने हो भने रश्मिकाको बुहप्रतिक्षित फिल्म ‘पुष्पा २ः द रुल’ यही डिसेम्बर ६ गतेमा हलमा आउँदैछ । फिल्ममा अभिनेत्री पुनः श्रीवल्लीको भूमिकामा देखिनेछिन् । फिल्ममा उनीसँग साउथ सुपरस्टार अल्लु अर्जुन मुख्य भूमिकामा छन् । रश्मिका मन्डन्नाको नाम लामो समयदेखि साउथ स्टार विजय देवरकोंडासँग जोडिएको छ । दुवैले धेरै फिल्ममा सँगै काम गरेका छन् । उनीहरूको यो जोडीलाई फ्यानहरुले निकै रुचाएका पनि छन् ।
को हुन् रक्षित शेट्टी ?
रक्षित शेट्टी एक अभिनेता र फिल्म निर्माता हुन् । उनको फिल्म ‘रिचर्ड एन्थोनीः लर्ड अफ द सी’ नोभेम्बर २९ मा सिनेमाघरहरूमा रिलिज हुँदैछ । उनी यस फिल्मको मुख्य कलाकार हुन् । उनले यो फिल्मको निर्देशन पनि गरेका छन् । सन् २०२२ मा ‘७७७ चार्ली’ फिल्मका लागि रक्षित शेट्टीले राष्ट्रिय पुरस्कार पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको ‘झट्का’ले संविधान संशोधनको मुद्दा ओझेलमा
-
सगरमाथा संवाद विश्वव्यापी पहल हो : राज्यमन्त्री विक
-
अनियन्त्रित भएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान
-
नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री