कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
![कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा](https://npcdn.ratopati.com/media/news/agni-sapkota_szRnVyZhIo.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले कीर्तिपुर नगरवासीले प्रा.डा. शिवशरण महर्जन जस्ता योग्य उम्मेदवार पाउनु ठुलो अवसर भएको बताएका छन् । शुक्रबार कीर्तिपुरस्थित नयाँ बजारमा स्थानीय तह उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सापकोटाले महर्जनलाई कीर्तिमानी भोट दिएर जिताउन आग्रह गरे ।
‘प्राडा. शिवशरण महर्जन मूल्य, मान्यता, आदर्शले ओतप्रोत सदाचार, देशभक्ति र समाजप्रति समर्पित व्यक्ति भएको मैले बुझेँ । उहाँ जस्ता व्यक्ति कीर्तिपुरले पाउनु ठुलो अवसर हो । यो अवसरलाई परिणाममा प्राप्त गर्नका लागि अबका १० दिन घण्टामा होइन मिनेट मिनेट गनेर हामी जनताको हृदयमा जाऊँ’, उम्मेदवारलाई भोट माग्दै उनले भने, ‘कीर्तिमानी भोट हालेर महर्जनलाई जिताऔँ । जति भोट उहाँले पाउनुभयो त्यति नै शक्तिशाली हुनुहुन्छ । एकपटक रेकर्ड बसेमा कालन्तरसम्म रहिरहन्छ । उहाँले प्रतिबद्धता जनाएका सिस्टमका कुरा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा उहाँले पुर्याएको योगदान तारिफयोग्य छ ।’
महर्जन माओवादीबाट उम्मेदवार भएपनि प्रमुख पदमा निर्वाचित भएमा नगरपालिकाको काम गर्न पूर्णस्वतन्त्र हुने उनले बताए । शिक्षाविद्, सामाजिक अभियन्ता, विकासको मोडेल रहेका महर्जनलाई समग्र कीर्तिपुरबासीको विकासबाहेक केहीको पनि लोभ नभएको सापकोटाले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला