कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
काठमाडौँ । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को बैठकमा जानुअघि सभामुख देवराज घिमिरेले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
सभामुखले शुक्रबार बिहान शीतल निवास पुगेर राष्ट्रपति र बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा कम्बोडिया भ्रमण कार्यक्रम, संसदीय गतिविधि लगायतका विषयमा छलफल भएको छ ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले दिएको जानकारी अनुसार सभामुख घिमिरेले विश्व मञ्चमा नेपालको शान्ति निर्माणमा भएका प्रयासबारे धारणा राख्ने जानकारी भेटमा दिए ।
अधिकारीका अनुसार सभामुख घिमिरेले आईपीटीपीको मञ्चमा नेपालको तर्फबाट मुलुकको शान्ति स्थापनामा भएका प्रयासबारे सम्बोधन गर्ने तय भएको छ ।
भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीले सभामुखको भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन् ।
कम्बोडियाको राजधानी नोम पेन्हमा मंसिर ८ देखि ११ गतेसम्म हुने आईपीटीपीको ११औँ बैठकमा सहभागी हुन सभामुख घिमिरे ५ सदस्यीय संसदीय टोलीको नेतृत्व गर्दै शुक्रबार कम्बोडिया प्रस्थान गर्दैछन् ।
११ औँ बैठक ‘शान्ति, मेलमिलाप र सहिष्णुताको खोज’ भन्ने मूल विषयसँगै शान्ति निर्माण, मेलमिलाप र सहिष्णुताको संरचना निर्माणमा सरकार, संसद् र नागरिक समाजबिचको समन्वय एवं सह–अस्तित्व र समावेशी सम्बन्धको लागि बहुपक्षीयता र साझेदारीलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।
बैठकमा विश्वभरका सरकार, संसद् र नागरिक समाजका अगुवाहरूको सहभागिता रहने बताइएको छ ।
सभामुखले कम्बोडियाली संसद्का सभामुखसहित केही समकक्षीसँग साइडलाइन वार्ता गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको निर्णय नेपाल चिकित्सक संघद्वारा स्वागत, आवासीय चिकित्सकको तलब ४८ हजार
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
-
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : उपप्रधानमन्त्री सिंह
-
सातामा ४२ अंकले बढ्यो नेप्से, कारोबार रकममा तीव्र उतारचढाव