बीवाईडीको १०० विद्युतीय गाडी डेलिभरी
शुक्रबार, ०७ मङ्सिर २०८१, १५ : १९

काठमाडौँ । साइमेक्स इन्कले नेपालभर बीवाईडीको १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को उपलब्धि हासिल गरेको छ । बीवाईडीको ३०औं वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा उक्त माइलस्टोन पूरा गरेको साइमेक्सले जनाएको छ ।
नेपालले हरित भविष्य अँगाल्दै गर्दा साईमेक्स इन्कले बीवाईडीका बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी सील जस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ। यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट अन्य विशेषताहरू रहेका छन् ।
‘बीवाईडीको ३०औं वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो। यो हाम्रो टोलीको मेहनत र ग्राहकहरूको विश्वासको प्रमाण हो’, साईमेक्स इन्कका नेस्नल सेल्स प्रमुख अशुतोष गौतमले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?