सम्बोधन
कम्बोडियामा ३२ हजार करोड लगानी रहेको आरोपपछि ओलीले भने– अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !
शुक्रबार, ०७ मङ्सिर २०८१, १५ : ०७

काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा आफ्नो लगानी रहेको भन्नेहरुलाई जवाफ फर्काएका छन् । उनले आरोपका लागि आरोप लगाउने प्रवृत्ति रहेको उल्लेख गर्दै तथ्य प्रमाणका आधारमा बहस गर्न चुनौती दिए ।
शुक्रबार राजधानीको दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै ओलीले भन्न कै लागि अमेरिकाका बैंकमा रहेको आधा सम्पत्ति आफ्नो भनिदिएपनि हुने बताए । उनले भने, ‘कम्बोडियामा ३२ हजार करोड (२१ हजार करोड डलर), स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जान सक्नुहुन्न । भन्दिए भो, त्योमात्रै किन भन्ने अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !’
यस्ता फाल्तु कुरा गरेर केही फरक नपर्ने भन्दै उनले तर अन्य दलका कतिपय नेताहरु सामान्य अवस्थाबाट एकाएक अर्बौँको मालिक भएको भन्दै यसबारे प्रश्न उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
धोबीखोला करिडोर पीडितको प्रदर्शन
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल