जागरण सभा
सरकारमा रहेको पार्टीले सभा र र्याली गरेको भन्नेहरूलाई दरबारमार्गबाट फर्कायो एमालेले जवाफ
शुक्रबार, ०७ मङ्सिर २०८१, १४ : ४२

काठमाडौँ । नेकपा एमालेले सरकारमा रहेर पनि सभा र र्याली गरेको भन्नेहरूलाई जवाफ फर्काएको छ । शुक्रबार राजधानीको दरबारमार्गमा भएको जागरण सभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमाले जनताको पार्टी भएकाले जनतामा गएर पार्टीविरुद्ध खडा गरिएका भ्रमहरूलाई चिर्न खोजिएको बताए ।
‘सरकारमा रहेको पार्टीले सभा जुलुस गर्न मिल्छ ? भनेको सुनियो । सबैभन्दा ठुलो लोकतन्त्र भएको मुलुक भारतमा नरेन्द्र मोदीले विभिन्न राज्यमा जनताका बिचमा भाषण गरिरहेको सुनिन्छ’, उनले भने, ‘लोकतन्त्रमा प्रमको पार्टीले सभा र र्याली गर्न मिल्छ कि मिल्दैन ? कम्तीमा भारतीय लोकतन्त्र देखेकाहरूले यस्तो नभने हुने हो । जनताको पार्टी भएको नाताले एमालेले जनतामा जाने फैसला गरेको हो ।’
उनले दरबारमार्गमा गरिएको जागरण सभा सरकारको नभएर पार्टीको कार्यक्रम भएको पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हटाइएलान् कुलमान ?
-
पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी, भारत र चीनका पर्यटक भित्र्याउने उद्देश्य
-
कृष्णकुमारको १० बुँदामा एकीकृत समाजवादीको समीक्षा (पूर्णपाठ)