अदालत
दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
शुक्रबार, ०७ मङ्सिर २०८१, १४ : २६

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आफ्नो कानुनी व्यवसायी मार्फत सर्वोच्च अदालतमा शुक्रबार रिट दर्ता गराएका हुन् ।
रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए ।
लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ । उनीमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु