समीर भट्टको फिल्म ‘बलिदान’को रिलिज कहिले ?

काठमाडौँ । फिल्म ‘१२ गाउँ’बाट डेब्यु गरेका अभिनेता समीर भट्ट अब ‘बलिदान’मा देखिँदैछन् । फिल्मको दोस्रो सेड्युलको छायाङ्कन शुक्रबारदेखि मोरङको कानेपोखरीबाट सुरु भएको छ ।
फिल्मको अब तीव्र गतिमा फिल्मको छायाङ्कन हुने निर्देशक सन्तोष सेनले बताए ।
अन्तिम चरणको छायाङ्कन अवधि ४५ दिनको रहनेछ । छायाङ्कनका लागि कलाकारहरू समीरसहित सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मा मोरङ पुगिसकेका छन् । ५ करोडमाथिको बजेटमा फिल्म निर्माण हुन लागेको हो ।
समीरको अभिनय भएको कारण पनि ‘बलिदान’ कहिले रिलिज हुन्छ भन्ने चासो धेरैमा छ । निर्देशक सेनले फिल्मको प्रदर्शन मिति तय भइसकेको जनाएका छन् ।
‘छायाङ्कन सकिएको भोलिपल्ट टिजरसहित फिल्मको प्रदर्शन मिति घोषणा गर्नेछौँ’, उनले भने ‘रिलिज मिति तय भइसकेको छ ।’
फिल्मलाई आगामी नयाँ वर्षमा रिलिजको तयारी गरिएको बताइन्छ । एक्सन प्रधान ‘बलिदान’मा दक्षिण भारतका एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ । नेपालको भूमिमा भइरहेको शोषण र अन्यायविरुद्धको संघर्षको कथा फिल्मले बोल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते