शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
कम्बोडिया भ्रमण

कम्बोडियामा हुने आईक्याप सभामा गएनन् माओवादीका प्रतिनिधिहरू

शुक्रबार, ०७ मङ्सिर २०८१, १३ : ४१
शुक्रबार, ०७ मङ्सिर २०८१

काठमाडौँ । एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १२ औँ साधारणसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी सहभागी नहुने भएको छ । कम्बोडियाको राजधानी नोम पेन्हमा नोभेम्बर २१ देखि २३ सम्म हुने सभामा भाग लिने पूर्वनिधारित कार्यक्रम रद्द गरिएको माओवादीका वैकल्पिक केन्द्रीय सदस्य गोकर्ण भट्टले जानकारी दिए ।

कम्बोडियन पिपल्स पार्टी (सीपीपी) ले सभामा सहभागी हुन माओवादीसहित ८ राजनीतिक दललाई निमन्त्रणा गरिएको थियो ।  आइक्यापको सभामा माओवादीका तर्फबाट उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा  र भट्टसमेत सहभागी हुने भनिएको थियो । 

कम्बोडिया भ्रमणमा जानका लागि माओवादीले एक महिनाअघि नै स्वीकृति दिएको थियो । तर प्रवक्ता अग्नि सापकोटा आफै बागमती प्रदेशको इन्चार्ज भएको  र स्थानीय तह उपनिर्वाचनको मिति नजिकिएकाले भ्रमणमा नजाने निर्णय भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप