अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतीय ब्याट्सम्यानको लज्जास्पद प्रदर्शन, १५० रनमै अलआउट
काठमाडौँ । घरेलु टोली अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतीय ब्याट्सम्यानले लज्जास्पद प्रदर्शन गरेका छन् । पर्थमा जारी पहिलो टेस्टको पहिलो दिन शुक्रबार भारतीय टोली आफ्नो पहिलो पालीमा केवल एक सय ५० रन बनाउँदै अलआउट भएको छ । भारतीय ब्याट्सम्यानहरु ४९.४ ओभरमात्र क्रिजमा टिक्न सके ।
टस जिती पहिलो ब्याटिङको निर्णय लिएको भारतीय टोलीका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । टोलीको कुल स्कोर केवल पाँच रन रहँदा भारतले ओपनर यशस्वी जैसवाललाई पहिलो विकेटका रुपमा गुमाएको थियो । उनले खातासम्म खोल्न सकेनन् ।
टोलीको कुल स्कोर १४ रन रहँदा भारतले दोस्रो विकेट गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका देवदत्त पाडिकल पनि शून्य रनमै आउट भएका थिए । भारतले ३२ रनको कुल स्कोरमा तेस्रो विकेट गुमायो । अनुभवी ब्याट्सम्यान विराट कोहली केवल पाँच रन बनाउँदै आउट भए ।
यसैगरी, ४७ रनको कुल स्कोरमा भारतले आफ्नो चौथो विकेट गुमायो । ओपनर ब्याट्सम्यान केएल राहुल २६ रन बनाउँदै आउट भएका थिए । एक सय नौ मिनेटसम्म क्रिजमा टिकेका उनले ७४ बलको सामना गरी तीन चौका हिर्काएका थिए ।
भारतले ५९ रनमा आफ्नो पाँचौँ विकेट गुमाएको थियो । छैटौँ नम्बरमा क्रिज समाल्न आएका ध्रुव जुरेल ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए । छैटौँ विकेटका रुपमा वासिङ्टन सुन्दर पेभेलियन फर्किएका थिए । उनी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् ।
यसैगरी, टोलीको कुल स्कोर एक सय २१ रन रहँदा सातौँ विकेटका रुपमा ऋषभ पन्त आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान पन्तले टोलीको खातामा ३७ रन थपे । उनले ७८ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । टोलीको स्कोरलाई एक सय रनभन्दा अगाडि बढाउन उनको भूमिका महत्वपूर्ण रह्यो ।
त्यसलगत्तै आठौँ विकेटका रुपमा हर्षित राणा आउट भएका थिए । उनी सात रनभन्दा अगाडि बढ्न सकेनन् । उनी आउट हुँदा भारतको कुल स्कोर एक सय २८ रन थियो । उनलाई पछ्याउँदै नवौँ विकेटका रुपमा जसप्रित बुमराह पनि आउट भए ।
कप्तानको भूमिकामा रहेका बुमराहले आठ रन बनाए । उनी आउट हुँदा भारतको कुल स्कोर एक सय ४४ रन थियो । भारतले अन्तिम विकेटका रुपमा नितिश कुमार रेड्डीलाई गुमायो । उनी टोलीका लागि सर्वाधिक ४१ रन बनाउँदै आउट भए ।
उनले केवल ५९ बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काए । मोहम्मद सिराज भने शून्य रनमा अविजित रहे । भारतीय टोलीले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । समग्रमा भारतीय ब्याट्सम्यानको प्रदर्शन निकै निराशाजनक रह्यो ।
अस्ट्रेलियाका बलर जस हेजलउड एक्लैले चार विकेट लिए । ३३ वर्षीय मध्यमतेज गतिका बलर हेजलउडले १३ ओभरमा पाँच मेडन राख्दै केवल २९ रन खर्चिए । बायाँहाते तिब्रगतिका बलर मिचेल स्टार्क र दायाँहाते मध्यमतेज गतिका बलर मिचेल मार्सले पनि दुई–दुई विकेट हात पारे । अर्का तिब्रगतिका बलर प्याट कमिन्सले पनि दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब तीन वर्षपछि पाकिस्तानको टेस्ट टोलीमा फर्किए मोहम्मद अब्बास
-
माओको विचार र दर्शन नेपाली क्रान्तिको लागि मार्गदर्शकको रूपमा रहेको छ : प्रचण्ड
-
एमपक्सबाट कसरी जोगिने ?
-
पीडितको परिवारलाई पुष्पा–२ को टिमले दियो २ करोड भारु
-
जापान एयरलाइन्समाथि साइबर आक्रमण
-
बागमती प्रदेश लिग : नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुली भिड्दै