सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
सर्लाही । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सर्लाही जिल्लाको सङ्ग्रामपुर स्थित लोक आस्थाको केन्द्र सती विहुलाधामको पूर्ण उत्खनन, संरक्षण तथा पुनर्निर्माण सहितको पर्यटकीय पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ अभियानको क्रममा सङ्ग्रामपुर पुगेका अध्यक्ष साहले सती बिहुलाधामको दर्शन एवं स्थलगत अवलोकन गर्दै सो क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने बताए ।
सङ्ग्रामपुर स्थित सती विहुलाको गौरवगाथा बोकेको सो ऐतिहासिक, धार्मिक स्थल देशको एक प्रमुख पर्यटकीय गन्तव्य हुनुपर्ने भए पनि राज्यको उदासीनता एवं विभेदले इतिहासको जिउँदो तथ्य पनि आज ओझेलमा परेको आजपा अध्यक्ष साहले जनाएका छन् ।
‘भ्रष्टाचारविरुद्ध मधेस यात्राको क्रममा सर्लाही जिल्लाको सङ्ग्रामपुर स्थित लोक आस्थाको केन्द्र सती विहुलाधामको दर्शन एवं स्थलगत अवलोकन गर्ने सु–अवसर प्राप्त भयो’ आजपा अध्यक्ष साहले भने, ‘सङ्ग्रामपुर स्थित सती विहुलाको गौरवगाथा बोकेको यो ऐतिहासिक धार्मिक स्थल देशको एक प्रमुख पर्यटकीय गन्तव्य हुनुपर्ने भए पनि राज्यको उदासीनता एवं विभेदले इतिहासको जिउँदो तथ्य पनि आज ओझेलमा परेको छ ।’
सरकारले मधेसको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको बताउँदै उनले यी र यस्ता क्षेत्रका ओझेलमा परेको बताए । सरकारले पर्याप्त बजेट विनियोजन गरी यस्ता क्षेत्रको विकासका साथै संरक्षण गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक