चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ
काठमाडौं । डाक्टरको काम स्वास्थ्य सेवा दिने हो । यद्यपि, पछिल्लो समय चिकित्सा क्षेत्रबाट ग्ल्यामर क्षेत्रमा छलाङ मार्नेहरू पनि थपिँदै गएका छन् ।
केही अघि आयोजित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ मा डा. आयुष्नोभा ढुंगानाले ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’को उपाधि जितेकी थिइन् । हालै डा. डेनिला कार्कीले ‘मिसेस नेपाल वर्ल्ड’को शीर्ष उपाधि जित्दै ग्ल्यामर क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरिन् ।
डा. कार्कीले हालै प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’को शीर्ष उपाधि चुमेकी हुन् । काठमाडौँको बानेश्वर निवासी कार्की २८ प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्न सफल भइन् ।
विवाहित महिलाहरूका लागि प्रेरणाको स्रोत बन्ने उद्देश्यसहित रिबन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा डेनिला कार्कीले शीर्ष क्राउनसहित विभिन्न गिफ्टसमेत हात पारेकी थिइन् । उनले अब अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
मिसेस नेपालको उपाधिले समाजप्रति थप जिम्मेवारी बढाएको महसुस भएको कार्कीले बताइन् । ‘क्राउन पहिरिँदाको खुसी त छँदैछ । परिवार र सबैले हेर्ने दृष्टिकोण समेत फेरियो । पहिले डाक्टर भनेर चिन्थे, अब मिसेस नेपाल वर्ल्डको परिचय पनि थपियो’, कार्कीले भनिन् ।
नयाँ परिचयसँगै एउटा गह्रौँ भारी बोकेको महसुस भइरहेको कार्कीले बताइन् । यो जिम्मेवारीलाई कसरी न्याय दिने भन्ने सोचमा छिन् उनी । तर उनलाई आफन्तले हौसला दिन्छन्, ‘आँटेपछि गर्न सकिन्छ भनेर उदाहरण सेट गर्यौ । अझै अगाडि बढ्नुपर्छ ।’
यो प्रतियोगितामा सामेल हुँदा फरकफरक फिल्डबाट आएका साथीहरूसँग समेत धेरै कुरो सिक्न सकेको कार्की बताउँछिन् । प्रतियोगितामा सीए, इन्जिनियरदेखि समाजका विभिन्न प्रतिष्ठित पेसाका व्यक्तिसँग स्पर्धा गर्नु परेको उनको भनाइ छ ।
डाक्टर बनेपछि पनि ‘मिसेस नेपाल’मा सहभागी हुन केले प्रेरित गर्यो भन्ने प्रश्नमा डा. कार्की सानैदेखि सौन्दर्य प्रतियोगितामा आउने रहर रहेको सुनाउँछिन् । ‘यो प्लेटफर्म उपयुक्त पनि लाग्यो, अनि होमिएँ,’ उनले भनिन् ।
कतिपय विवाहित महिला घरको चुलोचौकामा अल्झिरहेको अवस्थामा घरबाहिर पनि केही गर्न सक्छौँ भनेर उदाहरण दिन जरुरी रहेको कार्कीको भनाइ छ । ‘यो ठुलो अवसर पनि हो । प्रतियोगितामा सेल्फ केयरदेखि धेरै कुरो सिक्न मिल्दोरहेछ,’ उनले भनिन् ।
यो प्रतियोगितामा सामेल हुँदा फरकफरक फिल्डबाट आएका साथीहरूसँग समेत धेरै कुरो सिक्न सकेको कार्की बताउँछिन् । प्रतियोगितामा सीए, इन्जिनियरदेखि समाजका विभिन्न प्रतिष्ठित पेसाका व्यक्तिसँग स्पर्धा गर्नु परेको उनको भनाइ छ ।
‘मिसेस नेपाल’ प्रतियोगिताबारे डा. कार्कीले दुई वर्षअघि थाहा पाएकी थिइन् । त्यसपछि उनले यसको रिसर्च गरिन् । ‘त्यो समय सुत्केरी थिएँ । मास्टर्सको पढाइ गर्दै थिएँ । क्लिनिक पनि थियो’, उनले भनिन्, ‘अहिले उपयुक्त समय लाग्यो ।’
डा. डेनिला कार्की अब करिब दुई महिनामा ‘मिसेस वर्ल्ड’का लागि अमेरिका प्रस्थान गर्नेछिन् । विश्वका ६० भन्दा बढी राष्ट्रका प्रतियोगी सहभागी रहने प्रतियोगितामा उनी आफ्नो नामले भन्दा पनि देशको नामबाट चिनिनेछिन् ।
प्रतियोगितामा आएपछि कार्कीले आफूमा धेरै परिवर्तन पाएकी छन् । अहिले क्यामेरा अगाडि बोल्न, स्टेजमा प्रस्तुति दिन लगायत धेरै कुरामा उनलाई कुनै समस्या छैन । ‘म हरेक महिला एक पटक सौन्दर्य प्रतियोगितामा आउनुपर्छ भन्छु,’ उनले भनिन्, ‘उपाधि जिते पनि, नजिते पनि यहाँ सिकेको कुरा जीवनभर काम लाग्छ ।’
कार्की ‘मिसेस नेपाल’मा आफू होमिनुमा डा. भोला रिजाल र पाइलट विजय लामालाई प्रेरणा मान्छिन् । किनभने यी दुवैले आफ्नो पेसाभन्दा फरक क्षेत्रमा पनि राम्रो पहिचान बनाएको उनको भनाइ छ ।
मिसेस वर्ल्डको क्राउन नेपाल आउँछ
डा. डेनिला कार्की अब करिब दुई महिनामा ‘मिसेस वर्ल्ड’का लागि अमेरिका प्रस्थान गर्नेछिन् । विश्वका ६० भन्दा बढी राष्ट्रका प्रतियोगी सहभागी रहने प्रतियोगितामा उनी आफ्नो नामले भन्दा पनि देशको नामबाट चिनिनेछिन् ।
देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जानु चानचुने कुरा होइन । त्यसैले उनको मनमा जिम्मेवारीको भारी महसुस भइरहेको छ । केही अगाडिसम्म नेपालको ठुला चाड दसैँ, तिहार परेकाले उनले यसको तयारी राम्रोसँग गर्न भ्याएकी छैनन् ।
‘म आगामी जनवरीको अन्त्यतिर उड्नु छ । अबको समय युद्धस्तरमा तयारी गर्छु’, कार्कीले भनिन्, ‘म दन्त चिकित्सक भएको हिसाबले हेल्थको एउटा प्रोजेक्ट पनि बनाउँछु ।’
प्रोजेक्टका लागि दुर्गम क्षेत्रहरूमा गएर मुख स्वास्थ्य क्याम्प गर्ने, चेतना फैलाउने र सेवा पुर्याउने योजना रहेको उनले खुलाइन् । उनले भनिन्, ‘नेपालको पर्यटन र कल्चर पनि प्रस्तुत गर्नुपर्छ ।’
आफ्नो पेसामा असर नपुग्ने गरेर उनले ग्ल्यामर क्षेत्रमा आफूलाई सहभागी गराउने सोच बनाएकी छन् । भविष्यमा अभिनयमा आउने रहर पनि छ उनमा । घुम्न र परिवारसँग समय बिताउन रुचाउने उनी जीवनलाई एउटा यात्रा मान्छिन् ।
अन्तर्राष्ट्रिय प्लेटफर्ममा अवसर मिलेको बेलामा नेपालका धेरै कुरा चिनाउँ भन्ने कार्कीलाई लागेको छ । आफू बर्दियाको भएका कारण बर्दियालाई केही फोकस गर्ने, रारा, हिमालय भिजन, काठमाडौँको कल्चरसमेत कार्यक्रममा प्रस्तुत गर्ने सोच बनाएकी छन् उनले ।
‘नेपालले अन्तर्राष्ट्रिय शीर्ष उपाधि जित्नै सक्दैन भनिन्छ । यो पटक त्यो तोडिनेछ’, कार्कीले दृढ विश्वासका साथ भनिन्, ‘मेरो प्रयास सबैभन्दा बेष्ट दिनेमा हुनेछ ।’
प्रतियोगितामा आफू सहभागी हुँदै गर्दा सबैबाट सकारात्मक कमेन्ट र सपोर्टको अपेक्षा गरेकी छन् उनले ।
चिकित्सक पेसालाई नै निरन्तरता
डेनिला कार्कीले बंगलादेशबाट ९ वर्ष अगाडि डेन्टिस्ट कोर्ष पुरा गरेकी हुन् । उनी विगत ८ वर्षदेखि यो पेसामा आवद्ध छिन् । यसअवधिमा हजारौँलाई सेवा पुर्याइसकेकी उनी आगामी दिनमा डाक्टरी पेसालाई नै निरन्तरता दिने योजनामा छिन् ।
आफ्नो पेसामा असर नपुग्ने गरेर उनले ग्ल्यामर क्षेत्रमा आफूलाई सहभागी गराउने सोच बनाएकी छन् । भविष्यमा अभिनयमा आउने रहर पनि छ उनमा । घुम्न र परिवारसँग समय बिताउन रुचाउने उनी जीवनलाई एउटा यात्रा मान्छिन् । डाक्टरी पेसाबाटै परिचित हुने सपना पालेकी उनको समाजसेवामा पनि रुचि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म