मोदी र जयशंकरविरुद्ध कुनै प्रमाण छैन : क्यानडा

क्यानबेरा । क्यानडाले विज्ञप्ति जारी गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ अधिकारीहरूमाथि लगाइएको आरोप निराधार भएको जनाएको छ । ‘क्यानडासँग प्रधानमन्त्री मोदी, मन्त्री जयशंकर (विदेशमन्त्री एस जयशंकर) र एनएसए डोभाल (अजित डोभाल)लाई क्यानडाभित्र आपराधिक गतिविधिसँग जोड्ने कुनै प्रमाण छैन’ विज्ञप्तिमा भनिएको छ ।
‘द ग्लोब एन्ड मेल’ नामक पत्रिकामा भारतीय प्रधानमन्त्रीको नाम आएपछि क्यानडाले यस्तो वक्तव्य जारी गरेको हो । क्यानडा सरकारले ती आरोपहरू काल्पनिक र गलत भएको बताएको छ । बयान क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोको प्रिभि काउन्सिलका डेपुटी क्लर्क र राष्ट्रिय सुरक्षा सल्लाहकार नथाली जी ड्रोइनको तर्फबाट जारी गरिएको हो ।’
‘अक्टोबर १४ मा सार्वजनिक सुरक्षामा खतरालाई ध्यानमा राख्दै, रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) र अधिकारीहरूले सार्वजनिक रूपमा भारत सरकारका एजेन्टहरूलाई क्यानडामा आपराधिक गतिविधिको आरोप लगाएका थिए’ विज्ञप्तिमा लेखिएको थियो ।
क्यानडाको एउटा अखबारमा प्रकाशित समाचारमा हरदीपसिंह निज्जरको हत्याको कथित षड्यन्त्रमा शीर्ष भारतीय नेताहरू संलग्न रहेको आरोप लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज
-
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
-
रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल
-
१० बजे १० समाचार : तीनकुने घटनामा पूर्वराजा जिम्मेवार : ओली, पार्टी राजनीतिमा फर्किए रवि