निता ढुंगानाले निर्माण गरेको फिल्मले अहिलेसम्म कति कमायो ?

काठमाडौँ । फिल्म ‘ह्रस्वदीर्घ’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । अभिनेत्री निता ढुंगानाले निर्माण गरेको फिल्म ५ करोड बढी लागतमा निर्माण भएको हो ।
यस्तै फिल्मको अहिलेसम्मको व्यवसाय पनि ५ करोडभन्दा बढी रहेको बताइएको छ । यसैबीच निताले फिल्मको लगानी पूर्णरुपमा सुरक्षित भइसकेको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा फेसबुकमा एक पोष्ट गर्दै फिल्म भारतमा ओटीटी प्लेटफर्ममा बिक्री गरिएको र आफू पूर्णरुपमा सुरक्षित रहेको बताएकी हुन् ।
‘नेपालको हाइप र नेपाली दर्शकले दिएको प्रतिक्रियालाई लिएर भारतमा हामीले ओटिटी प्लेटफर्ममा फिल्म बेचिसकेको छौँ र केही समय पछाडि भारतमा पनि हामीले थ्रेटर रिलिज गर्नेछौं । ओभरसिसको पनि प्लानिङ भइसकेको छ । केही समय केही ठाउँमा हामीले बक्स अफिस गर्दैछौँ भने केही ठाउँमा सोल्ड आउट नै भइसकेको छ’, उनले लेखेकी छन् ‘पूर्ण रूपले हामी सेभ भइसकेको छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ