पाकिस्तान : यात्रुवाहक सवारी साधनमा बन्दुकधारीको आक्रमण, ४० भन्दा धेरैको मृत्यु
शुक्रबार, ०७ मङ्सिर २०८१, ११ : ४०

इस्लामवाद । पाकिस्तानको दुर्गम क्षेत्रमा २०० जना यात्री चढेको सवारी साधनहरूमाथि अज्ञात बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । यस घटनामा कयौँ महिला र बालबालिकाको पनि मृत्यु भएको छ ।
पाकिस्तानको कुर्राम जिल्ला भएर जाँदै गर्दा ती सवारी साधनमाथि जथाभाबी गोली चलाइएको थियो । यो क्षेत्र अफगानी सीमा नजिक पर्छ । बन्दुकधारीले सुरुमा ती सवारी साधनलाई इस्कोर्ट गरिरहेका प्रहरीमाथि गोली चलाएका थिए ।
सो क्षेत्रमा साम्प्रदायिक हिंसा चर्किएपछि यस वर्ष दर्जनौँ मानिसको मृत्यु भइसकेको छ । यस्तो प्रहरीले उक्त क्षेत्र भएर जाने सवारी साधनलाई सुरक्षा दिँदै आएका थिए ।
बिहीबारको आक्रमणमा ४१ जनाको मृत्यु भएको र अरू १६ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । मृतकको सङ्ख्या थप बढ्न सक्ने आशङ्का गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
-
दिनहुँ चिया सिड खानुका यस्ता छन् फाइदा
-
नेपाल प्रहरी विधेयक २०८१ दफावार छलफलका लागि समितिमा पठाइयो
-
माओवादीले चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने