शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

खेल जीवनबाट सन्न्यास लिए दुई ओलम्पिकका स्वर्ण विजेता ब्राउनलीले

शुक्रबार, ०७ मङ्सिर २०८१, ११ : ३०
शुक्रबार, ०७ मङ्सिर २०८१

काठमाडौँ । विश्वकै सबैभन्दा वृहत खेलकुद प्रतियोगिता ओलम्पिकमा दुईपटक स्वर्ण पदक जितेका ट्राइथलन खेलाडी एलिस्टर ब्राउनलीले ३६ वर्षको उमेरमा सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।

यी प्रभावशाली खेलाडीले सन् २०१२ मा लन्डनमा आयोजित ओलम्पिक खेलकुदमा पहिलो पटक स्वर्ण पदक जितेका थिए । त्यसतको चार वर्षपछि ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ओलम्पिक खेलकुदमा पनि उनले अर्को स्वर्ण पदक चुमेका थिए ।

इङ्ल्यान्डका खेलाडी ब्राउनलीले सन् २००९ र सन् २०११ मा विश्व च्याम्पियनसिपको उपाधि पनि चुमेका थिए । विश्व ट्राइथलनमा जुनियर वर्ल्ड च्याम्पियनसिप, यू–२३ वल्र्ड च्याम्पियनसिप, युरोपियन च्याम्पियनसिप र ओलम्पिकमा स्वर्ण पदक जित्ने उनी एकमात्र खेलाडी हुन् ।

‘ट्राइथलन खेल मेरो जीवनसँग अभिन्न रुपमा जोडिएको छ । यो खेलले मलाई सबै कुरा दियो । एउटा खेलाडी सधैं खेलमैदानमा सक्रिय रहन सक्दैन । त्यसैले मैले पनि खेलजीवनबाट टाढिने निर्णय लिएको छु । आगामी दिनमा पनि म कुनै न कुनै रुपमा यो खेलसँग जोडिएर रहने छु,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप