एमाले महासचिवका ९ प्रश्न : सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कसकाे प्रायोजनमा भइरहेको छ ? भनेर प्रश्न गरेका छन् । एमालेले आज काठमाडौँमा गर्न लागेको जागरसभा र भइरहेको आलोचनाप्रति सङ्केत गर्दै महासचिव पोखरेलले मुलुकमा अस्थिरता सिर्जना गर्ने उद्देश्यले प्रायोजित रूपमा सिर्जना गरेका षडयन्त्र तथा भ्रमबाट समाज र राजनीतिलाई मुक्त गर्न आग्रह समेत गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा नौ वटा प्रश्न गर्दै पोखरेलले गरेका कामहरू कसरी गलत भए ? भनेर सोधेका छन् ।
उनले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ? भनेका छन् भने विकास र समृद्धिका लागि मेगा परियोजनाहरू अघि बढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गÞलत हो ? भनेर प्रश्न गरेका छन् ।
यस्ता छन् पोखरेलका ९ प्रश्न
१.नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कु प्रचार किन र कसको प्रायोजनमा भइरहेको छ ?
२. के नेकपा (एमाले) ले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?
३.नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरू अघि बढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?
४. नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरुवाट सहुलियतपूर्ण ऋण सहायता लिनु के गÞलत हो ?
५. नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुकमा वदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवहन सम्झौता गर्नु गलत हो ?
६.के भारतको कलकत्ता पोर्टको विकल्पका रूपमा भारतबाट थप बन्दरगाह प्रयोगको अधिकार सुनिश्चित गर्नु गÞलत हो ?
७. के नेपालले भैरहवा गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअर रुटको माग गर्नु गलत हो ?
८. के नेपालले आफूलाई स्वाधीन राष्ट्रका रुपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?
९. के राष्ट्रको विकास र समृद्धिका लागि सहुलियतपूर्ण ऋण सहायता परिचालन गर्नु गÞलत हो ?
पोखरेलले एमालेले यस्ता काम गर्नु गÞलत लागे मात्र विरोध जायज हुन सक्ने बताएका छन् ।
‘होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ । काम गर्नेलाई हौसला देऊ । कमीकमजोरी भए सुझाव देऊ । विकल्प भए विकल्प देऊ’, पोखरेलको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि