उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मा घरधनी आफैँले लिन अनुरोध
काठमाडौँ । काठमाडौँ उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मेवारी घरधनी आफैँले गर्नु अनुरोध गरिएको छ । काठमाडौँ उपत्यकामा खानेपानी हेर्दै आएको आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीबाट प्राप्त हुने खानेपानी वितरणका लागि उपत्यकाका विभिन्न स्थानमा बनाइएका वितरण सञ्जालहरुको अन्तिम परीक्षण र मिटर जडानको काम भैरहेको जनाउँदै आफ्नो जिम्मामा रहेका आयोजनाले जडान गरिदिएको मिटरको पूर्व सुरक्षाको उपायहरु अबलम्बन गर्न अनुरोध गरेको हाे ।
निर्देशनालयले व्यक्तिको परिचयपत्र हेरेर मात्र मिटरमा पहुँच दिन सम्बन्धित घरधनीहरुलाई आग्रह समेत गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्देशनालयले भनेको छः ‘आयोजनाको तर्फबाट निरीक्षण, अवलोकनका लागि कार्यालय वा निर्माण व्यवसायीका कर्मचारीहरु कोही आएमा कार्यालय तथा सम्बन्धित व्यक्तिको परिचयपत्र हेरेर मात्र मिटरमा पहुँच दिनुहुन आग्रह छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ कीर्तिपुरको नमुना मतपत्र
-
श्रवण शक्ति कम भएकाहरुको हक अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य
-
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र
-
एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
-
४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक, कहाँको मतपत्र कस्तो ?