अडानीमाथि लागेको आरोपबारे ह्वाइट हाउसले के भन्यो ?
शुक्रबार, ०७ मङ्सिर २०८१, १० : ५०

वासिङटन डीसी । भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीविरुद्ध अमेरिकी न्याय मन्त्रालयले घुस दिएको र ठगीसम्बन्धी मुद्दा दायर गरेको छ । अदानी र उनका सात सहयोगीविरुद्ध न्युयोर्कको अदालतमा आरोपपत्र दायर गरिएको छ ।
अब यस विषयमा ह्वाइट हाउसको बयान आएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन–पियरेले भनेका छन्– ‘हामीहरू यी आरोपबारे सचेत छौं । अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) र न्याय मन्त्रालय (डीओजी)ले मात्र यी आरोपहरूबारे थप जानकारी दिन सक्नेछन् ।’
गौतम अडानीमाथि लागेको आरोपका कारण दुई देशबीचको सम्बन्धमा हानि पुग्छ कि भनेर पनि प्रवक्तालाई सोधिएको थियो । यसको जवाफमा उनले भारत र अमेरिकाबिचको सम्बन्ध निकै बलियो आधारमा टिकेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको सडक प्रदर्शन सत्ताको दुरुपयोग : नेतृ साह
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो