सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा वसन्त खत्री

काठमाडौँ । निकट भविष्यमा आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीका रुपमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ ।
धनगढी क्रिकेट एकेडेमीको मैदानमा भएको ट्यालेन्ट हन्टबाट वसन्तलाई आइकोनिक खेलाडीको रुपमा टोलीमा समावेश गरिएको क्लबले जनाएको छ । उनी अब एनपीएल खेल्ने सुदूरपश्चिम रोयल्सको टोलीमा सहभागी हुनेछन् ।
यसका अतिरिक्त सुदूरपश्चि रोयल्सले ट्यालेन्ट हन्टबाट उत्कृष्ट प्रतिभा छनोट गर्दै सात खेलाडीलाई ‘सुदूरपश्चिम रोयल्स हिरोज’ को पहिचानका साथ टोलीमा राख्नेछ । आयुब चन्द, अभिषेक पाल, वसन्तसिंह कार्की, भूपेश जोशी, धर्मराज जोशी, सुसिल रावल र टेक रावतले एनपीएल अवधिभर टोलीसँग प्रशिक्षण गर्ने अवसर पाउनेछन् ।
सुदूरुपश्चिम रोयल्सले पछिल्लो केही दिनयता धनगढीमा रहेर प्रशिक्षण गरिरहेको छ । टोली अब एनपीएल खेल्न काठमाडौं प्रस्थान गर्नेछ । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दिपेन्द्रसिंह ऐरी हुन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।
सुदूरपश्चिम रोयल्सले आफ्नो कोटाका चारजना विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । क्लबले ब्रान्डन म्याकमलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इङ्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको हो ।
यसैगरी, टोलीका अन्य खेलाडीमा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, ईशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ रहेका छन् । अर्जुन र नरेन भने हाल यू–१९ टोलीमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा