आईपीएलको मेगा अक्सनमा फेरि थपियो जोफरा आर्चरको नाम

काठमाडौँ । निकट भविष्यमा हुने इन्डियन प्रिमियर लिगको मेगा अक्सनमा इङ्गल्यान्डका प्रभावशाली तीव्र गतिका बलर जोफरा आर्चरको नाम फेरि थपिएको छ । यसअघि मेगा अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम सूचिमा २९ वर्षीय आर्चरको नाम थिएन ।
आईपीएलको मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दाहमा आयोजना हुँदै छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार, अक्सनका लागि विश्वभरबाट एक हजार पाँच सय ७४ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए ।
त्यसमध्येबाट मेगा अक्सनका लागि पाँच सय ७४ जना खेलाडीको अन्तिम सूचि सार्वजनिक गरिएको थियो । पहिलो सूचिमा जोफरा आर्चरको नाम पनि थियो । तर, अन्तिम सूचिमा भने उनको नाम हटाइएको थियो ।
प्रभावशाली बलर आर्चरको नाम हटाइनुको कारण भने केही खुलाइएको थिएन । तर, मेगा अक्सनको मिति नजिकिँदै जाँदा अहिले आएर पुनः मेगा अक्सनको अन्तिम सूचिमा उनको नाम समेटिएको समाचारमा जनाइएको छ ।
बिहीबार अबेरसम्म चलेको छलफलपछि आर्चरको नाम मेगा अक्सनको अन्तिम सूचिमा समावेश गरिएको बताइएको छ । मेगा अक्सनमा आर्चरको न्युनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको पनि समाचारमा जनाइएको छ ।
आईपीएलमा सहभागी क्लबहरुले रिटेन (आफैसँग राख्ने) र रिलिज (अन्य क्लबमा जान स्वतन्त्र छाडने) खेलाडीहरूको सूचि सार्वजनिक गरेपछि अब अक्सनमार्फत दुई सय चारजना खेलाडी छनोट गरिने छ । बाँकी खेलाडी भने मेगा अक्सनमा बिक्री हुने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल
-
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
-
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
दिल्लीको विजययात्रमा लगाम लगाउने धुनमा बलियो बेंगलुरु