शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान

शुक्रबार, ०७ मङ्सिर २०८१, ०९ : ०२
शुक्रबार, ०७ मङ्सिर २०८१

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । 

शैक्षिक योग्यता र अनुभव हासिल भएका इच्छुक योग्य नेपाली नागरिकले एक्काइस दिनभित्र  कम्पनीको कार्यालय रामशाह पथ, काठमाडौँमा दरखास्त दिन सक्नेछन् । 

उम्मेदवार आफैँले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको कागजातको प्रतिलिपि, पाँच हजार शब्दमा नबढ्ने गरी तयार गरिएको कम्पनीको व्यावसायिक कार्ययोजना पनि आवेदनसँगै पेस गर्न आग्रह गरिएको छ । 

2024-11-22-12-08-41-gopa-mangsir-7-3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप