नुनथर घाटमा १ लाख माछाको भुरा छोडियो
रौतहट । नेपाल मत्स्य व्यवसायी सङ्घ रौतहटले विश्व मत्स्य दिवसको अवसरमा रौतहटको नुनथरस्थित बागमती नदीमा एक लाख माछाको भुरा छोडेको छ । बागमती नदीमा माछा लोप हुँदै जान थालेपछि विश्व मत्स्य दिवसको अवसर पारेर बिहीबार माछा उत्पादक तथा व्यवसायीहरूले एक लाख माछाका भुरा छाडेका हुन् ।
कार्यक्रममा नेपाल मत्स्य व्यवसायी सङ्घ रौतहटका अध्यक्ष दिलीप सहनीले रौतहटमा पछिल्लो समय माछा पालन किसानहरूको सङ्ख्या बढिरहेको जानकारी दिएका छन् । जिल्लामा १ सय हेक्टर भन्दा बढी जमिनमा माछा पालन भइरहेको उनले जानकारी दिए । अध्यक्ष सहनीले करोडौँको सङ्ख्यामा ह्याचरी मार्फत माछाको भुरा उत्पादन गर्दै आएका छन्।
रौतहटमा भारत, मलेसिया लगायतका देशहरूबाट माछा आउने गरेको कारण यहाँका माछा उत्पादकहरू मार्कामा परेको मत्स्य व्यवसायी भूपेन्द्र खडकाले गुनासो गरेका छन्। माछा बाहिरबाट आउन थालेपछि यहाँका किसान सस्तो दरमा माछा बिक्री गर्न बाध्य रहेको उनले बताए। माछा उत्पादनमा आकर्षण बढेको भएतापनि बजारीकरणमा समस्या रहेको खडकाले जानकारी दिएका छन्।
यसैगरी अर्का माछा व्यवसायी राकेश कुमार साहले राज्यले माछा पालनको लागी सुविधा प्रदान गरेको भएतापनि नेपाल विद्युत प्राधिकरणले पोखरीमा पानी लगाउनको लागी राखिने विद्युत महसुल उद्योगको रुपमा लिएको गुनासो गरे। माछा उत्पादनकर्ता किसान भएको बताउँदै साहले माछा उत्पादनकर्ताहरुलाई पनि किसानलाई दिइने सुविधा अनुसार नै विद्युतको सुविधा पाउनु पर्ने धारणा राखेका थिए।
कार्यक्रममा नेपाल मत्स्य व्यवसायी संघका संस्थापक अध्यक्ष तुलसी गिरीले पछिल्लो समय माछा उपभोग गर्नेहरूको सङ्ख्या बढेकै कारण यहाँका किसानहरू माछा उत्पादनमा आकर्षण भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीमा, तस्बिरहरु
-
जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय
-
कम्बोडियामा ३२ हजार करोड लगानी रहेको आरोपपछि ओलीले भने– अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !
-
अहिलेको सरकार र समीकरणलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री
-
सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुल्यो
-
बीआरआई अन्तर्गत ऋण सहायता लिन नहुने कांग्रेसको अडान छ : प्रवक्ता महत