डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका म्याट गेट्जले आफ्नो नाम फिर्ता लिएका छन् । ट्रम्पले महान्यायाधिवक्ता छनोट गर्नासाथ कंग्रेसबाट राजीनामा दिएका गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव समेत त्यागेका हुन् ।
गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव लत्याएसँगै सभामुख माइक जोनसनले उनको प्रसंशा गरेका छन् । उनले महान्यायाधिवक्ताबाट नाम फिर्ताको घोषणालगत्तै गेट्जको भविष्य उज्ज्वल रहेको बताएका छन् ।
जोनसनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म्याटसँग मैले ८ वर्ष नजिकबाट काम गरेको छुँ । उहाँ अमेरिकाको अग्रपंक्तिको लडाकु हुनुहुन्छ । न्याय विभागको बेथिति सुधारमा गम्भीर कदम आवश्यक छ ।’
रिपब्लिकन प्यानलिष्टहरुले बुधबार गेट्जविरुद्धको छानविन प्रतिवेदन सार्वजनिक नगर्न मतदान गरेपछि डेमोक्र्याटहरुले रिपोर्ट बाहिर ल्याउन दबाब दिइरहेका छन् ।
छानविन समितिले गेट्जमाथि यौन दुर्व्यवहार र अन्य अपराधको अनुसन्धान गरेको जिकिर गरेको छ भने त्यसका केही साक्षीहरुसँग पनि समितिले बयान लिएको थियो । यसमा कसैले विश्वासका साथ लिड गर्ने हो भने खतरनाक जानकारीहरु बाहिर आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन
-
प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?
-
निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव