रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी

एजेन्सी । रुसले युक्रेनमाथि मध्यम दुरीको नयाँ व्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफुहरुले प्रहार गरेको म्याक–१० प्रायोगिक व्यालेष्टिक क्षेप्यास्त्र (मिसाइल) ध्वनीमा १० गुणा र गतिमा प्रतिसेकेण्ड तीन किलोमिटर तेज रहेको भनी अभिव्यक्ति दिएका छन् ।
उनका अनुसार यो हाइपरसोनिक प्रणालीको उच्चतम नतिजा हो । एक व्यालेष्टिक क्षेप्यास्त्र आम रुपमा वायुमण्डल भन्दामाथि घुमाउरो बाटो समात्दै एक समान रुपमा आफ्नो लक्ष्यमा पुग्ने गर्दछ । तर, यो जब तल खस्न सुरु हुन्छ, गति झन् बढ्दै जान्छ । जसमा तीब्र गति दिने खालको ऊर्जा जडित हुने बताइन्छ ।
राष्ट्रपति पुटिनले समेत यस प्रकारका क्षेप्यास्त्रको घोषणमा मुख्य गरेर त्यसको गतिलाई प्राथमिकता दिएको बुझिन्छ । युक्रेनसँगको युद्धका दौरान अहिलेसम्म रुसले १२ हजार क्षेप्यास्त्र प्रहार गरिसकेको बताइएको छ । जसलाई असाधारण संख्या भनिएको छ । जसमध्ये ८० प्रतिशत क्षेप्यास्त्रलाई युक्रेनले रोकेको बताइन्छ । विपक्षीको परमाणु प्रतिरक्षा प्रणालीलाई चिर्न रुसले हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्रमा जोड दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म