भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ पूर्णरुपमा सफल भएको बताउँदै छिट्टै नै अन्य प्रदेशमा समेत अभियान सञ्चालन गर्ने उदघोष गरेका छन् ।
आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ अभियानको समापनका क्रममा उनले मधेस भ्रष्टाचारविरुद्ध लडन तयार रहेको बताए । पूर्णरुपमा सफल भ्रष्टाचारविरुद्धको अभियान अब छिटै नै अन्य प्रदेशहरुमा समेत चल्ने उनले सुनाए ।
अभियानका दौरान देखिएको जनसहभागिताबाट उत्साही आजपाले भ्रष्टाचारीलाई जनकारवाही गर्नुपर्नेमा जोड दिएको छ । भ्रष्टाचारीले मुलुकको ढुकुटी रित्याएको, नेपाली जनतामाथि ऋण थोपरेको, मनोमानी कर बढाएकाले जनतामा जनचेतना जगाउन यस्ता अभियानको आवश्यक्ता रहेको आजपाको जिकिर छ ।
मुलुकमा बढदै गएको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगीविरुद्ध आजपाले निरन्तर अभियान चलाउने निष्कर्ष निकालेको छ ।
आजपा प्रवक्ता एवं उपमहासचिव चन्द्रभुषण साहका अनुसार भ्रष्टाचारविरुद्धको मधेस यात्रा कार्यक्रम सप्तरीबाट सुरु भएर पर्सा पुगेर समापन भएको हो । सप्तरीको राजविराजबाट सुरु भएको यात्रा पर्साको निचुटा पुगेर आमसभा गरेर सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको कार्यक्रम मंसिरमा १ गते सुरु भएको थियो ।
भ्रष्टाचारविरुद्ध मधेसमा अभियान चलाइरहेका बेला आजपाले काठमाडौंमा तीनै तहको सरकारको मनोमानी करविरुद्ध प्रदर्शन गरेको थियो । मधेस र काठमाडौंमा एकैपटक छुट्टा–छुट्टै दुई कार्यक्रम गरेको आजपाले अब छिट्टै अन्य प्रदेशमा समेत विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
अभियानका क्रममा आमसभा, अन्तरक्रिया, बैठक, भेलाका साथै विभिन्न कार्यक्रमहरु गर्ने गरिएको आजपा नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा