शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने

शुक्रबार, ०७ मङ्सिर २०८१, ०० : २२
शुक्रबार, ०७ मङ्सिर २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार (मंसिर ७ गतेदेखि) साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि  निःशुल्क उपलब्ध गराउने भएको छ । 

प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्नुहुन्छ, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङका लागि  सहज हुनेछ ।’ काफ्लेका अनुसार दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो । 

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार पार्किङ् व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप