रातको समयमा काठमाडौंंमा गयो भूकम्प
शुक्रबार, ०७ मङ्सिर २०८१, ०० : १५

काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ। राति १०ः४६ मा २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंसहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ । काठमाडौंमा धेरै समयपछि भूकम्पको धक्का महसुस हुँदा केही मानिसहरु घरबाहिर निस्किएका थिए । उपत्यकावासीले अहिले पनि २०७२ को गोरखा भूकम्पको त्रासदी विर्सिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते