शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

रातको समयमा काठमाडौंंमा गयो भूकम्प

शुक्रबार, ०७ मङ्सिर २०८१, ०० : १५
शुक्रबार, ०७ मङ्सिर २०८१

काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ। राति १०ः४६ मा २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंसहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ । काठमाडौंमा धेरै समयपछि भूकम्पको धक्का महसुस हुँदा केही मानिसहरु घरबाहिर निस्किएका थिए । उपत्यकावासीले अहिले पनि २०७२ को गोरखा भूकम्पको त्रासदी विर्सिएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप