सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सहकारी हिनामिना प्रकरण

सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको

बिहीबार, ०६ मङ्सिर २०८१, २३ : २८
बिहीबार, ०६ मङ्सिर २०८१

काठमाडौं । काठमाडौको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडीआइजी) छविलाल जोशीसँग काठमाडौं ल्याएर बयान लिइएको छ ।

मङ्सिर ४ गते कास्कीबाट काठमाडौं ल्याइएका जोशीसँग बिहीबार दिनभर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले जानकारी दिए ।  जोशीसँग बयान लिने कार्य एकै दिनमा सकिएको उनले बताए । 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँमा पनि जाहेरी परेपछि बयानका लागि ल्याइएको हो । जोशीसँगै सूर्यदर्शन सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध समेत काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

अब लामिछानेलाई पनि बयानका लागि काठमाडौं ल्याइने बताइएको छ । एउटैखाले प्रकरणमा अर्का आरोपी कुमार रम्तेललाई बयान लिएर पुनः पोखरा पठाइसकिएको छ । यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रुपन्देही लगेर जोशी र लामिछानेसँगै  बयान लिइएको थियो । 

गएको आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जीको आदेश जारी गरेको थियो ।  सहकारीको रकम अपचलनमा छ सयभन्दा बढी पीडितले जाहेरी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप