विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
बिहीबार, ०६ मङ्सिर २०८१, २२ : ३१

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्तिको सिफारिसका लागि एक समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यमा दीपक सुवेदी र डा रेश्मा श्रेष्ठ रहेका छन् । समितिको कार्यविधि ४५ दिनको हुनेछ ।