मन्त्रिपरिषद् बैठक
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
बिहीबार, ०६ मङ्सिर २०८१, २२ : ११

काठमाडौँ । सरकारले श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको हो। उनलाई माल्दिभ्सका लागि गैरआवासीय राजदूत पनि सिफारिस गरिएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार उनको नाम संसदीय समितिमा लेखेर पठाइने एक मन्त्रीले जानकारी दिए ।