मन्त्रिपरिषद् बैठक
राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय
बिहीबार, ०६ मङ्सिर २०८१, २१ : ४२

काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले रातोपाटीलाई बताए । उनीहरूको सिफारिस गत कात्तिक २९ गते भएको थियो ।