चितवनबाट पुर्जी जारी भएका बैङ्किङ कसुरका प्रतिवादी पक्राउ
बिहीबार, ०६ मङ्सिर २०८१, २१ : ३७
काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा चितवनबाट पक्राउ पुर्जी जारी भएका प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ बस्ने सुरेन्द्र सङ्गत छन् । उनलाई लैनचौरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले रातोपाटीलाई बताए ।
कार्तिक ९ मा उनीबिरुद्ध चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । ५५ वर्षीय सङ्गतलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय चितवनमा पठाइएको एसपी जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको