टेनिस टोली बहराइन जाने
बिहीबार, ०६ मङ्सिर २०८१, २० : ३३

काठमाडौँ । बिली जिन किङ कपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टेनिस टोली शुक्रबार बहराइनको मानामा प्रस्थान गर्ने भएको छ ।
नोभेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अभिलाषा विष्ट, सुनिरा थापा, स्वस्तिका विष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धरले खेल्ने छन् । प्रशिक्षकमा सन्तोष खत्री तथा व्यवस्थापकमा नेपाल टेनिस संघका सदस्य अजय विष्ट छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै टेनिस संघका महासचिव मनोहरदास मुल र सदस्य जयजीव हाडाले बिहीबार सातदोबाटोमा एक कार्यक्रमबिच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा