तिहार मनाउने खर्चको जोहो गर्न राउटे पोखरामा
पोखरा । राउटेहरु पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले काठका सामग्री खासै विक्री हुँदैन ।
परम्परागत पेसा संकटमा परेपछि राउटेहरु दैनिकी चलाउने खर्चको जोहो गर्न ठाउँठाउँ पुग्छन् । बिहीबार उनीहरू पोखरा आइपुगेका छन् । राउटे समुदायका मुखिया शेरबहादुर रासकोटी शाहीको नेतृत्वमा ७ जनाको टोलीले पोखरा महानगरपालिका र गण्डकी प्रदेशका विभिन्न मन्त्रालय पुगेर आर्थिक सहयोग मागे । मंसिर ११ र १२ गते परेको मुख्य पर्व वडा तिहारको लागि खर्च जुटाउन आफूहरू पोखरा आइपुगेको उनले सुनाए । तिहारमा लगाउने लुगा, चामल, तेल, दाल र खसीका लागि चाहिने पैसा जुटाउन जिल्ला–जिल्ला डुल्ने गरेको शाहीले बताए ।
‘अचेल काठका भाँडा विक्री हुँदैन । जन्मेपछि खानैपर्यो । बाँच्नका लागि यसरी माग्दै हिँड्न परेको छ,’ उनले भने, ‘वर्षैभरि ठाउँठाउँमा पुगेर पैसा जम्मा पार्छौं । त्यही पैसाले खर्च चलाउँछौँ ।’
उनीहरुले संकलन गरेको रकम महामुखियालाई लगेर बुझाउँछन् । उक्त रकम महामुखियाले सबैलाई समानुपातिक हिसाबले वितरण गर्छन् । ‘एक्लै खाने होइन, बाँड्न पर्छ । ४६ घरलाई बाँड्ने हो,’ उनले भने, ‘हामीले बटुलेको पैसा महामुखियाको हातमा दिन्छौँ । महामुखियाले सबैलाई बाँड्छन् ।’ उनीहरू सुर्खेतबाट पोखरा आइपुगेका हुन् ।
राउटे समुदायले पोखरा महानगरपालिकाबाट र गण्डकीका विभिन्न मन्त्रालयमा पुगेर आर्थिक सहयोगको याचना गरे । ‘बडा तिहारमा ७÷८ वटा खसी चाहिन्छ । पैसा नभई खसी आउँदैन,’ शाही अघि भन्छन्, ‘रासनपानी पनि चाहियो । सरकारले सहयोग गर्ला भनेर यहाँसम्म आएका हौँ ।’ पहिले घर मुखिया नै चन्दा उठाउन निस्किने गर्थे । तर अहिले बुढ्यौली लागेपछि हिँडडुल गर्न छोडिसकेका छन् । उनकै निर्देशनमा आफूहरू सहयोग उठाउन आएको शाहीले सुनाए ।
सुर्खेतमा उनीहरूको ४६ घर धुरी छ भने करिब २ सय हाराहारी राउटे छन् । पोखराबाट सोचेजति सहयोग नपाएको उनीहरूको गुनासो छ । पोखरा महानगरपालिकाले २१ हजार, अर्थ मन्त्रालयले १५ हजार, सामाजिक विकास मन्त्रालयले ७ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरूले पनि सहयोग गरेका छन् । चन्दा उठाउन मुखिया रासकोटीसँगै मुखिनी गंगा शाही, खेमराज शाही, बन्धाविर शाही, सुकिधर शाही, कृष्णबहादुर शाही र न्यायन पलास शाही खटिएका छन् । राउटे समुदायले जंगलमै जीवन बिताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप