भारतीय सेना प्रमुख द्विवेदीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट्दै
बिहीबार, ०६ मङ्सिर २०८१, १८ : ३३

काठमाडौँ । भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । दिउँसो २ बजेपछि प्रधानमन्त्री ओली र द्विवेदीको बिचमा भेटवार्ता तय गरिएको नेपाली सेनाका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
द्विवेदीले शुक्रबार रक्षामन्त्री मानवीर राईसँग पनि भेट्दै छन् । भारतीय सेना प्रमुखले आज प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । भेटमा भारत र नेपालको आपसी हित र पारस्परिक सम्बन्धबारे छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । दुई देशका सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परालाई निरन्तरता दिनेबारे दुवै सैनिक प्रमुखबिच छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर