भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज
बिहीबार, ०६ मङ्सिर २०८१, १८ : १६
![भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज](https://npcdn.ratopati.com/media/news/ashok_BA3dQlA3oC.jpg)
काठमाडौँ । भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीको सम्मानमा जंगी अड्डामा रात्रिभोजको आयोजना गरिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले द्विवेदीको सम्मानमा बिहीबार रात्रिभोजको आयोजना गरेको सैनिक प्रवक्ता (सहायकरथी) गौरव कुमार केसीले रातोपाटीलाई बताए ।
मंसिर ५ मा काठमाडौँ आएका द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सो दर्जा प्रदान गरेका हुन् । सेनापति द्विवेदीसँगै उनकी धर्मपत्नी सुनिता द्विवेदी पनि काठमाडौँ आएकी छन् ।
नेपाल र भारतका सेनाको बिचमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति
-
भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन
-
ट्रम्प र पुटिनको ‘युक्रेन शान्ति योजना’ले युरोप स्तब्ध
-
भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै
-
सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा