माछापोखरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
बिहीबार, ०६ मङ्सिर २०८१, १७ : २४

काठमाडौँ । काठमाडौँको माछापोखरीमा दुई जनाको शव भेटिएको छ । काटमाडौँ–१६ स्थित माछापोखरीमा छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
बसन्तनगरस्थित क्लासिकल होटलमा २८ वर्षीय भोला पाठक मृत फेला परेका छन् । पाठक नुवाकोटको ककनी नगरपालिका–६ का स्थानिय हुन् ।
त्यस्तै मितेरी पुल नजिकै खाली जग्गामा करिब ५५ वर्षीय पुरुष मृत फेला परेका छन् । उनको सनाखत गर्ने प्रयास भइरहेको एसपी अधिकारीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।