थप २० मिटर विवाद
सर्वोच्चले सुनायो सरकारको पक्षमा आदेश, निस्सा पाएसँगै फैसला कार्यान्वयन तत्काल नहुने
बिहीबार, ०६ मङ्सिर २०८१, १७ : २७
१

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्वन्धी फैसला विरुद्ध सरकारले दर्ता गराएको पूनरावलोकन निवेदनमा निस्सा दिने निर्णय सुनाएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले सरकारको पक्षमा आदेश सुनाएको हो ।